NRN
प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने

बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने भएका छन । आज सांसदहरूले सोध्ने समसामयिक प्रश्नहरूको प्रधानमन्त्रीले जबाफ दिनु हुने कार्यक्रम रहेको छ । बुझिए अनुसार सत्तारूढ़ पार्टीका सांसदहरूले पनि प्रधानमन्त्रीलाई प्रशन सोध्न् भएका छन ।

सरकारलाई समर्थन दिएका र नदिएको पार्टीहरूका सांसदहरू प्रधानमन्त्री प्रचण्डसँग डटेर प्रश्न सोध्न तयारीमा रहेका छन । बताइए अनुसार सांसदहरूको प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी, भारत भ्रमण, नागरिकता र रेशम चौधरीको रिहाई लगाएतका बारेमा प्रश्नहरू सोध्ने भएका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update