NRN
शुक्रबार संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

रासस

शुक्रबार संघीय संसदको संयुक्त बैठक आज बस्ने भएको छ ।संघीय संसदको संयुक्त बैठक नयाँ अपराह्न ४ बजे बस्न लागेको हो। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिल् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हुनु भएको छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

यसअघि राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने कि राष्ट्रपतिले पढ्ने भन्ने अन्योल थियो। बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा संयुक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को  दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन्। 

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update