NRN
अब अगाडि बढ्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम

अब बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले प्रक्रिया निजगढ बिमानस्थलको काम अगाडि बढाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने बताउंनु भएपछि निजगढ बिमानस्थन बन्ने निश्चित देखिएको हो ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माण सम्पन्न भएका विमानस्थललाई क्षमतामा उपयोगमा ल्याउने जानकारी पनि दिनु भएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update