NRN
आइतबार संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन

आइतबार संसदमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोल्ने हुनु भएको छ । ओलीले सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न लाग्नु भएको हो सरकारको निती तथा कार्यक्रम सही नभएको र यसले मूलुकको आगामी दिशालाई सकारात्मक रूपमा अगाडि बढाउन नसक्ने दाबी गर्दै आउनु भएका ओली आइतबार कडा रूपमा संसदमा प्रस्तुत हुने हुने देखिएको छ ।

एमालेले आफू प्रतिपक्ष मात्र नभएर मूलुकलाई सही बाटो देखाउंने मार्ग दर्शक पनि भएको दाबी गरेको छ । त्यस कारण सरकारको निती तथा कार्यक्रममा केही नयां नभएको र यसले झारा मात्र टारेको बताएको छ । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमको गहिरो रूपमा अध्ययन गरेर् आइतबार ओलीले गर्न लाग्नु भएको टिप्पणीलाई अर्थपूर्ण र बिशेष रूपमा हेरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update