NRN
दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा

चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को प्लेअफमा पुगेको छ। शनिबार दिल्ली क्यापटिल्सलाई ७७ रनले पराजित गर्दै चेन्नई प्लेअफमा पुगेको हो। अंक तालिकाको दोस्रो स्थानमा रहेको चेन्नईको १४ खेलबाट १७ अंक छ।

नवौं स्थानको दिल्लीको १० अंक छ। शनिबार दिल्लीमा पहिले ब्याटिङ गरेको चेन्नईले ३ विकेटको क्षतिमा २२३ रन जोड्यो। उसका लागि डेवन कनवेले ५२ बलमा ८७ रन तथा रुतुराज गायकवाडले ५० बलमा ७९ रन जोडे।

दिल्लीका खलील अहमेदले  र एनरिच नोर्कियाले १-१ विकेट लिए। २२४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४६ रन जोड्यो।

उसका लागि कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा चेन्नईका दिपक चाहरले ३ विकेट लिए भने मथिशा पाथिरानाले २ विकेट लिए।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update