नक्कली भुटानी प्रकरण, प्रहरी अदालतमा मुद्दा दर्ता गर्दै
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकिएको छ । यसै क्रममा अनुसन्धान सकाएर प्रहरील् सरकारी वकिल कार्यालय आइतबार प्रतिवेदन बुझाउने भएको छ प्रहरीले राज्यविरूद्धको कसुरसमेत आकर्षित भएको रायसहित मुद्दाको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको बताइएको छ ।
यस प्रकरणमा नेपाल प्रहरील् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्वगृहमन्त्री बालकृष्ण खाण उनका सहयोगी नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० ११:४५
प्रतिक्रिया दिनुहोस्