NRN
करिश्मा र आकाशलाई ‘दादासाहेब फाल्के फिल्म अवार्ड’

चर्चित अभिनेत्री करिश्मा मानन्धर र निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३’ बाट सम्मानित गरिएको छ । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि पुर्‍याएको योगदानको कदर गर्दै उनिहरुलाई यो अवार्ड प्रदान गरिएको हो ।

भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फाउण्डेशन’ले यो अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेपछि समारोहमा बोल्दै अधिकारीले आफूले स्वर्ग सुनेको मात्रै र त्यो सुनेको स्वर्ग आफ्नो देश नेपाल रहेको बताए ।

उनले नेपालपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्ने बताए । उनले आफुले काम सिक्ने अवसर दिएको मुम्बईलाई दोश्रो स्वर्ग भनेका हुन् । यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update