NRN
मंगलबार देशभर वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार मंगलबार देशभर आंशिक बदली हुने सम्भावना छ । यसैबीच बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको जानकारी प्राप्त भएको छ । मंगलबार देखी तीन दिनसम्म पानी पर्ने संभावना पनि देखिएको छ ।

मौसम बिज्ञान बिभागका अनुसार मंगलबार दिउँस कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी बुधबार मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update