प्रधानमन्त्री राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिनु हुंदै
मंगलबार प्रधानमन्त्री पुष्पकल दाहाल राष्ट्रिय सभामा बोल्ने हुनु भएको छ । प्रधानमन्त्रीले मंगलबार जेठ ५ गते सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लाग्नु भएको हो ।
बैठक दिउँसो १ बजे बस्ने जानकारी दिएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पनि मंगलबार ११ बस्ने भएको छ । सरकारले ल्याएको निती तथा कार्यक्रम माथि नेकपा एमाले र राप्रपाले आपत्ती जनाउंदै आइरहेका छन ।
एमालेले आफ्नो पालना स्थापना भएका र कार्यान्वयन गरिएका काम र योजनालाई सरकारले लत्याएको आरोप नेकपा एमालेले लगाएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संसदमा उठाएका बिभिन्न प्रश्नहरूको पनि प्रधानमन्त्री पुष्पकमल दाहालले जबाफ दिनु हुने भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० ११:०७
प्रतिक्रिया दिनुहोस्