NRN
बुधबार दुवै सदनको संयुक्त बैठक

सभामुख देवराज घिमिरेले बुधवार संयुक्त बैठक बस्ने जानकारी गराउंनु भएको छ । त्यसै अनुरूप बुधबार संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने निश्चित भएको हो ।

जानकारी दिइए अनुसार संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने निश्चित भएको छ ।

यतिबेला जेठ ५ गते सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आ-आफ्ना धारणाहरु राखिरहेका छन ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update