NRN
नेपाल एयरलाइन्सलाई सिड्नी एयरपोर्टको अनुमति

अन्तत: नेपाल वायुसेवा निगमले काठमाण्डौदेखी अष्ट्रेलियाको सिड्नीसम्मको उडानको अनुमति पाएको छ । अबदेखी काठमाण्डौबाट उडेको नेपाल एअरलाइन्सको हबाईजहाज सिड्नी एअरपोर्ट ओर्लने छ । यसैबीच सिड्नी एयरपोर्टले नेपाल एअरलाईन्सलाई बिहीबार र शनिबार हप्तामा दुई उडानका लागि अनुमति दिएको जानकारी प्राप्त भएको छ ।

काठमाण्डौबाट उडेको नेपाल एअरलाइन्सको हवाई जहाजले केही समय सिंगापुर ट्रान्जिट गर्ने छ भने निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update