NRN
राष्ट्रिय ध्वजावाहक चढेर सिड्नी जाने होइन त ?

- राजन घिमिरे

अन्तत: लामो प्रयास, सहकार्य गर्ने प्रतिबद्धता र दुई देशबीचको मित्रताका कारण अब राष्ट्रीय ध्वजावाहक नेपाल एअरलाइन्सको जहाजले ब्याबसायिक रूपमै अष्ट्रेलिया सिड्नीको एअरपोर्ट चुम्ने निश्चित भएको छ । दुई देशबीचका सरकारले यो बिषयमा लामो समयदेखी गृहकार्य गर्दै आइरहेका थिए -‘ यो अष्ट्रेलियामा रहने हामी नेपालीहरूका लागि खुशीको कुरा हो -‘ गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूंगले ख़ुशी ब्यक्त गरे ।

उनले नेपालबाट आफन्त भेट्न सिड्नी आउंनु हुने आमा - बुबाहरूका लागि सबै भन्दा बढी सहज हुने कुरा बताए -‘ भाषा र ट्रान्जिटका कारण हाम्रा धेरै अभिभाबकहरूलाई दुख परेको थियो । अब त्यो समस्या हट्ने छ । धेरै कुरा सहज हुने छ -‘ उनले भने । सिड्नी एअरपोर्टले नेपाल एअरलाइन्सलाई एक हप्तामा लागि दुई उडानको अनुमति दिने पक्का भएको छ । सिड्नीले नेपाल एअरलाइन्सलाई बिहीबार र शनिबारका लागि उडान भर्न अनुमति दिएको छ ।

आगामी दिनमा यात्रुहरूको चापलाई ध्यानमा राखेर उडानहरूको संख्या बढ्ने जानकारी पनि दिइएको छ । नेपालबाट सिड्नीका लागि पहिलो उड़ान आगामी असार ६ गते (जुन २१ तारिख ) का दिन हुने छ भने थप जानकारी दिइए अनुसार अन्य प्रक्रिया अगाडि बढिरहेको छ ।

यसैबिच नेपाल एअरलाइन्सले इन्धन भर्न र केही समय होल्ड गर्न सिंगापुर एअरपोर्ट रोजेको छ । यस बिषयमा पनि काम भैरहेको जनाएको छ । नेपाल एअरलाइन्सको वाइडबडी ‘ए’ ३३० जहाजले काठमाण्डौबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडान भर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update