NRN
नेपाल र भारतका प्रधानमन्त्रीबीच जेठ १८ गते भेटघाट हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जेठ १७ गते भारत भ्रमण गर्ने भएका छन । प्रधानमन्त्रीको यो भमण चार दिनको हुने बताइएको छ । यस पटक मुख्यतः भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने बारेमा छलफल हुने भएको छ ।

प्रतिनिधिसभामा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा दुई देशबीच धेरै कुरामा छलफल र सहमती हुने जानकारी पनि दिए -‘ दुई देशबीच रहेका समस्याहरूका बारेमा सल्लाह र सहमतीबाटै टुंगो लाग्ने छ -‘ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीको जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेंटवार्ता हुने कार्यक्रम छ । भारत भ्रमणका क्रममा भारतसंग प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा मल कारखाना खोल्ने विषयमा पनि कुरा राख्नु हुने बताईएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update