NRN
आज सोह्रौ गणतन्त्र दिबस, भब्य कार्यक्रम गरिंदै

नेपालमा गणतन्त्र आएको सोह्र बर्ष पुगेको छ । यस अबसरमा सोमबार देशभर बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर सोह्रौँ गणतन्त्र दिवस मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाईंदै आइएको छ । यसैबीच सरकारले  टुँडिखेलमा औपचारिक समारोह गरी गणतन्त्र दिवस मनाउँने भएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update