NRN
२५ माघमा राष्ट्रिय सभाको निर्वाचन

काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचनको मिति तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटका लागि आउँदो २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो । 

लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटका लागि निर्वाचन गर्ने सरकारले निर्णय गरेको हो । 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update