NRN
सांसदलाई ५ करोड,सांसदकै बिरोध

सरकारले सांसदलाई ५ करोड दिने भएको छ । विकास कोष मार्फत दिइने यो रकमको बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा उल्लेख गरिएको छ । यसरी दिइन लागिएको रकममा सरकारले ८ अर्ब २५ करोड छुट्टाएको छ ।

बिगतका सरकारले पनि यसरी सासंदको लागि भनेर रकम छुट्टैउंने गरेको थियो । यसरी बिकासका लागि भनेर छुट्टाइएको रकम दुरूपयोग भएको भनेर आलोचना भैरहेको अबस्थामा यो सरकारले पुन ब्यूताएको ५ करोडको यतिबेला आलोचना हुन थालेको छ । सासदहरूले नै ५ करोड़ दिने नितीको बिरोध गर्न थालेपछी सरकारले बजेटमा उल्लेख गरेको यो रकमलाई कसरी ब्यबस्थित गर्ने भन्ने योजना बनाउंने भएको छ ।

आफ्नो क्षेत्रको बिकाशका लागि बजेट भाषण मार्फत सरकारले निकासा गर्न लागेको ५ करोडको दुरूपयोग हुने त्रास पनि सरकारलाई पर्न थालेको छ । यस कारण पनि यो ५ करोड निकास गर्दा बिगतमा बर्षहरूमा जस्तो हचुवाको भरमा नभएर सासदले आफ्नो क्षेत्रमा गर्ने काम र बिकासको योजना हेरेर निकास गर्नु पर्ने आबाज उठेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update