NRN
युग नायिका बिपना थापा १६ बर्षपछी अभिनयमा फर्कंदै

यतिबेला नेपालमा कलाकारलाई विभिन्न उपाधि दिने होडबाजी छ । त्यसरी दिएको उपाधि बेलाबेलामा विवादमा समेत पर्दै आएका छन् । यस्तैमा पुरानी अभिनेत्री बिपना थापालाई ‘युग नायिका’ उपाधि दिइएको छ । स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई अभिनयका कारणले यो उपाधि दिइएको हो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायाकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरे | ‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी बिपनाले थुप्रै फिल्म अभिनय गरेकी छन् । विवाहपछि भारतमा बस्दै आएकी छिन ।

यसैबीच १६ बर्षपछी अभिनेत्री बिपना थापा नेपाली चलचित्र अभिनयमा फर्किएकी छन । उनी हरिहर अधिकारी र निता ढुंगानाले बनाउन लागेको चलचित्र ह्रस्व दिर्घबाट अभिनयमा फर्कन लागेकी हुन ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update