काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन निर्देशन दिएको छ ।
यसैबीच महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारी गराएको महानगरले बताएको छ ।
पालिकाले गरेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायले निर्देशन दिएको छ । सूचनाको बेवास्ता गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गरीने जानकारी समेत महानगरपालिकाले दिएको छ ।