NRN
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण स्थगित

अन्ततः अखिल नेपाल फुृटबल संघ ले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको छ ।

साफ च्याम्पियनसिपको तयारी स्वरुप जेठ ३२ मा फिलिपिन्ससँग हुने मैत्रीपूर्ण खेलका लागि शुक्रबारदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गर्ने पूर्वनिर्धारित कार्यतालिका थियो ।

तर १० वटा ए डिभिजन क्लबहरुले बिहीबार नै संयुक्त विज्ञप्ति जारी गरी लिगको खेल नसकिँदासम्म खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पठाउन नसक्ने बताएपछि एन्फाले प्रशिक्षण नै स्थगित गरेको हो ।

एन्फाले बिज्ञप्ती जारी गर्दै ए डिभिजन क्लबहरुले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गरेर राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित गरेको बताएकाे हाे ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update