NRN
आइतबार एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने

 

आइतबार बस्ने प्रतिनिधि सभा बैठकनी एमालेले प्रधानमन्त्रीसग जबाफ माग्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको बन्दरगाहसम्म पुग्ने बाटो प्रयोग गर्न दिने शर्तमा नेपाली भूभाग लिपुलेक–लिम्पियाधुरा र कालपानीसहितको भूभाग दिन सकिने भनेर दिएको अभिव्यक्तिको जवाफ माग्ने भएको बताईएको छ ।

यसैबिच आइतबार बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने बताईएको छ ।

जानकारी दिइए अनुसार बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल गरिने भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update