NRN
सामाजिक दायित्व पुरा गर्दै शहिद मेमोरियल अस्पताल

काठमाडौं कलंकीमा संचालमा रहेको १०० शैंयाको शुबिधा सम्पन्न शहिद मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत अशक्तहरूको धर आँगनमा पुगेर उनिहरूको समस्याको पहिचान गरी उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको छ।

 

यसैबीच थाक्रे गाउँपालिकाको वडा नं ९ मा पर्ने ज्योति माध्यमिक बिध्यालय पण्डित पौवामा गाउँपालिका अध्यक्ष श्री राम कुमार आचार्य र वडा नं ९ का वडा अध्यक्ष श्री श्याम चन्द्र आचार्यको संयोजनमा आयोजित कार्यक्रममा बरिष्ठ जनरल तथा यूरो सर्जन एवं शहिद मेमोरियल अस्पतालका सहायक प्रबन्ध निर्देशक जितेन्द्र श्रेष्ठले जनताको धर आँगनमा नै आएर बिरामीको सेवा गर्न पाउँदा आफू भाग्यमानी भएको अनुभुती भएको बताउनु भयो ।

त्यस्तै बरिष्ठ पेट तथा कलेजो रोग बिशेषज्ञ डा. रामकृष्ण बरालले चिकित्सकले यसरी जनताको घर दैलोमा पुगेर जनताको उपचारको साथै परामर्श सहित रोग र रोग रोकथामको बारेमा जानकारी गराउनु असल र जिम्मेवार चिकित्सक भएको बिचार व्यक्त गर्नुभयो।

कार्यक्रममा स्त्री तथा प्रसूति रोग बिशेषज्ञ डा. सुमित्रा थापाले यसरी जनताको धर दैलोमा नै आएर आमा, दिदी बहिनीहरूले बर्षौ सम्म पनि अन्धविश्वासमा परेर लुकाएर राखेका रोग र पिडाको पहिचान गरी उपचार सेवामा जुट्ने अबसर प्रधान गर्ने थाक्रे गाउपालिका र शहिद मेमोरियल अस्पताललाई बिशेष धन्यवाद दिदै आगामी दिनहरूमा अन्य गाउँपालिका र नगरपालिकाकाहरूले थाक्रे गाउँपालिका जस्तै उदाहरणीय कार्य गर्नु पर्ने तर्फ जोड दिनु भयो ।

उक्त स्वास्थ्य शिबिरमा ७२५ जनालाई स्वास्थ्य प्रशिक्षण गरिनुका साथै औषधि बितरण, महिलाको पाठेघर प्यापस्मेर, ल्याब परीक्षण, भिडियो एक्सरे लगायतका अन्य स्वास्थ्य प्रशिक्षण निःशुल्क रुपमा गरिरहेको थियो। शहिद मेमोरियल अस्पतालले मधुमेह तथा थाईराईड रोग, जनरल फिजिसियन, नाक कान तथा घांटी रोग,हाडजोर्नि तथा नशा रोगका र अन्य बिशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update