NRN
बार्सिलोना पराजित, रियलको बराबरी

स्पानिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम खेलमा सेल्टा भिगोसँग २-१ ले पराजित भएको छ।
गाब्री भेइगा नोभासले दुई गोल गरेपछि सेल्टाले घरेलु मैदानमा च्याम्पियन बार्सिलोनालाई हराएका हुन्।
२१ वर्षीय भेइगाले ६२औं र ६५औं मिनेटमा गोल गरे ।

बार्सिलोनाका लागि अंशु फातीले ७९औं मिनेटमा एक गोल फर्काए।जितपछि सेल्टाले ४३ अंक जोडेर १३औं स्थानमा लिग सकायो ।बेन्जेमाले रियलको जर्सीमा अन्तिम खेल खेल्दै पेनाल्टीमा गोल गरेपछि रियलले एथ्लेटिक विल्वाओसँग १-१ को बराबरी खेल्दै लिग सकायो ।

ओइहान सानचेटले गोल गर्दै विल्वाओलाई पहिले अग्रता दिलाएको थियो तरपनि बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेका छन् ।बेन्जेमाले यसअघि नै रियल छाड्ने घोषणा गरे साथै साउदी अरबियन क्लब जाने चर्चा भइरहेकाे छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update