अमेरिकी डलर बढेसँगै बढ्यो युरो र क्यानेडियन डलरको भाउ
जेठ २३, मंगलबार अमेरिकी डलरको भाउसँगै क्यानेडियन डलर र युरोपियन युरोकाे भाउ पनि बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ भएतापनि आज ५८ पैसाले बढेर आज डलर एकको खरिद १३१ रुपैयाँ ९८ पैसामा र बिक्री १३२ रुपैयाँ ५८ पैसामा भइरहेकाे पाइन्छ ।
सोमबार युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा थियाे भने आज ४० पैसाले बढेर खरिदमा १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसा भइरहेकाे छ।
यस्तै, आज क्यानेडियन डलरअघिल्लो दिनको तुलनामा २७ पैसाले बढेर एकको खरिदमा आज ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५९ पैसा भइरहेकाे छ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ११:२४
प्रतिक्रिया दिनुहोस्