NRN
एएफसी यू–२० महिला एसियन कप फुटबल छनोट

 

एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण नेपाल र म्यानमारबीचको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समयअनुसार साँझ ५ : ४५ बजे बाट सुरू हुँदैछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले हरेक खेल जित्नकै लागि खेल्ने बताएसँगै उनले भने, ‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्ने टिम छ । हामी हरेक म्याच जित्नकै लागि खैल्छौँ,’ ‘फिफा वरीयतामा हामीभन्दा माथि भएका टिमहरु छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’ समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् भने दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नुपर्ने छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update