NRN
कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा

कोशी प्रदेशमा २ मन्त्रीकाे राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्रका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
संसदीय दलको बैठकले राजीनामा बुझाउन उनीहरुलाई निर्देशन पनि दिएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update