NRN
आज राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री प्रचण्ड

बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहे साथै राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरू हुनेछ।

‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ,’ संसद् सचिवालयले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update