प्रतिनिधि सभामा बजेटमाथिको छलफल
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल भइरहेकाे छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेकाे छ ।
सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउन माग गरेको छ।
नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएका छन् ।
अन्य विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० ११:२९
प्रतिक्रिया दिनुहोस्