NRN
एकदिवसीय सिरिज श्रीलंकाकाे हातमा

अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज श्रीलंकाले जितेको छ।

बुधबार भएको निर्णायक खेलमा श्रीलंकाले ९ विकेट र सिरिज २-१ ले जित हासिल गरेकाे हाे ।

यसैगरी दोस्रो खेलमा श्रीलंका १३२ रनले विजयी हुँदा पहिलो खेल अफगानिस्तानले ६ विकेटले जित्न सफल भएका थिए।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ११६ रनमै अलआउट भए उसका लागि मोहमद नाबीले सबैभन्दा बढी २३ रन जोडे।

बलिङमा घरेलु टिम श्रीलंकाका धनुष्का चामीराले ४ विकेट र विनन्दु हर्षरंगाले ३ विकेट हात पारे।

११७ रनको लक्ष्य श्रीलंकाले १६ ओभरमा १ विकेट गुमाएर पार गर्यो। उसका लागि पथुन निसंकाले ५१ रन र दिमुख करुणारत्नेले नटआउट ५६ रन जोडे।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update