NRN
बिहिबार, कुन मुद्रा कतिमा हुदैंछ त किन बेच ?

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ १८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८२ पैसा रहेकाे छ भने डलर एकको खरिददर १३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै,  बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ११ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा रहेकाे छ।

क्यानेडियन डलर एकको खरिदमा  ९८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९१ पैसामा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा भने बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २९ पैसा र बिक्रीमा ४३० रुपैयाँ २४ पैसा पाइन्छ। आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ १३ पैसा तोकिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ६६ पैसा र बिक्रीमा २८ रुपैयाँ ७९ पैसा पाइन्छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update