NRN
सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त
  • राजन घिमिरे 

काठमाडाैं ।लामो समयदेखी गैह् आबासीय नेपाली संघसंग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक अभियन्ताको रूपमा स्थापित नाम हो सोम सापकोटा ।

नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका सापकोटाले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले उनलाई चार बर्षका लागि बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेष्टरका रूपमा नियुक्त गरेको छ । सापकोटालाई मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहबीच सापकोटालाई  पर्यटन सचिब सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिब अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आउनु भएका सापकोटालाई नेपाल सरकारले यो क्षेत्र  झनै बिस्तार र बलियो हुने बिस्वास ब्यक्त गरेर नै बेलायतको वेल्सका लागि टुरिजम गुडविल एम्बेसेडरका रूपमा नियुक्त गरेको जानकारी दिए । नियुक्ती पत्र प्राप्त गरेपछी सोम सापकोटाले भने -‘ राज्यले म माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई म मूलुकको हित र प्रबासी  नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउंने प्रतिबद्धता ब्यक्त गर्छु ।‘ 

som 21672989800.jpg

सन २००७ देखी सन २००९ सम्म गैह्र आबासीय नेपाली संघको पर्यटन प्रबर्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखी सन २०१५ सम्म यसै कमिटीको उप संयोजक बने भने सन २०१६ देखी सन २०१८ सम्म डेन मार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर काम गरे । यसैगरी सापकोटा सन २०१९ देखी २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जन प्रतिनिधिको रूपमा नियुक्त भए ।टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका सोम सापकोटा हाल  गैह् आबासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको प्रबक्ता एबं पर्यटन प्रर्बधन समितिका संयोजक हुन । 

महाभूकम्भका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउंन युरोप लगायतका मूलुकमा गैह् आबासीय नेपाली संघको साथमा सोम सापकोटाले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर तारिफ गर्ने गरेका छन । बिदेशमा बुद्द नेपाल जस्तो गरिमामय क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका सोम सापकोटालाई यसअघि पनि पटक पटक नेपाल सरकार र टुरिजम बोर्डले उचित सम्मान गर्दै आइरहेको छ । सोम सापकोटाले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई  बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त गरिएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update