NRN
च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

 

 

 युरोपियन च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ।

 टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउन सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा गोल गरेका थिए । 

यससँगै सिटीले ट्रबेल जितेको छ। यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो। पछिल्लो पटक इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल जितेको थियो।

पेप ग्वार्डिओलाले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए । उनले  प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग पनि जिते।सिटी दुई वर्षअघि पनि फाइनलमा  पुगेर चेल्सीसँग  पराजित भएको थियो।

 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update