NRN
अभिनेत्री गरिमा पन्त दोस्रो सन्तान पाउंने तयारीमा ( तस्बिरहरू पनि )

नेपाली सिनेमा बिधामा चलेकी नायिकाको रूपमा चिनिन्छिन अभिन्त्री गरिमा पन्त । चलचित्र झोलाबाट कलाकारिता फाँटमा बिशिष्ट स्थान बनाएकी उनि यतिबेला प्रबासीएकी छन ।

कलाकारिता बिधाबाट प्रबासीएता पनि उनले दर्शकहरू मांझ छोडेको प्रभाव भने अझै घटेको छैन । गरिमाका बिभिन्न कृयाकलापहरूका बारेमा सबैमा चासो र उत्सुकता आज पनि उत्तिकै छ ।

यतिबेला यूरोपको बेल्जियममा श्रीमान र एक छोरीका साथ प्रबासी जिबन बिताईरहेकी गरिमा पुनः दोस्रो सन्तानकी आमा बन्न लागेको खबर बाहिरिएको छ ।

आफू दोस्रो सन्तानको लागि गर्भवती भएको तस्बरिहरू गरिमा आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी छन । हामीलाई पनि गरिमाका केही तस्बिरहरू प्राप्त भएका छन ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update