NRN
प्रतिनिधि सभाको बैठक चल्दै

आज आइतबार सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिने भएका छन्।

यसैगरी विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची रहेकाे बताइएकाे छ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने जानकारी दिइएकाे छ।

अर्थमन्त्री प्रकाशशरण महतले आजैको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update