मशालसँग एकता गर्दै मोहन वैद्य
नेता मोहन वैद्य किरणले सम्हालेकाे नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेकपा (मशाल)सँग एकताका लागि पहल गर्ने बताइएकाे छ ।
साे कुराकाे जानकारी अध्यक्ष वैद्यको अध्यक्षतामा बसेको बैठकले मशाललगायत अन्य क्रान्तिकारी समूह र व्यक्तिहरुसँग पनि एकताका लागि पहल गर्ने निर्णय सहित बसेकाे बैठकले गराएकाे हो ।
यसैगरी बैठकले कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनलाई समर्थन गर्ने र विभिन्न आन्दोलनका क्रममा झुटा मुद्दा लगाइएका आफ्ना कार्यककर्ताको रिहाइको लागि प्रदर्शन गर्ने निर्णय गरिएकाे कुरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १२:३०
प्रतिक्रिया दिनुहोस्