NRN
अष्ट्रेलियाको डार्बिनमा झल्कियो नेपाल

 - राजन घिमिरे

अन्तत: निकै भब्य , सभ्य र मनमोहक तरिकाले शनिबार अष्ट्रेलियाको डार्बिनमा नेपाल फेस्टिबल सकिएको छ । फेस्टिबल अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा सम्पन्न भएको थियो ।

फेस्टिबलमा मौलिक नेपाली पोशाकमा हजारौँ नेपालीहरु सजिएका मात्र थिएनन् कि नाल र नेपालीको पहिचान झल्कने कला कौशलता अनि प्रस्तुतिहरू समेटिएका थिए ।

प्रबासमा नेपाल र नेपाली चिनाउंने यस्तो प्रकृतिका कार्यक्रमहरूको आफ्नै बिशिष्ट पहिचान हुने बताइएको थियो । फेस्टिबलमा चर्चित गायक प्रकाश सपुत लगायतका कलाकारहरूको सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

फेस्टिभल नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपालको आयोजनामा सम्पन्न भएको थियो । ( तस्बिरहरू : सामाजिक सन्जाल )

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update