NRN
मूलुकमा यो बर्ष बाढीपहिरोबाट १२ लाख भन्दा बढी प्रभावित हुन सक्ने

मूलुकमा यो वर्ष बाढीपहिरोको जोखिमबाट १२ लाख भन्दा बढी नागरिकहरु प्रभावित हुने सक्ने बताईएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यसबारे जानकारी दिएका हुन ।

उनले अगाडि भनेका छन । -‘ यो मूलुकले धेरै अप्राकृतिक क्षति ब्यहोर्नु पर्ने अबस्था आउंन सक्छ -‘ । यसै बीच प्राधिकरणला विश्लेषण निकाल्दै कोशी प्रदेशमा तीन लाख एक हजार १४३,  मधेशमा चार लाख तीन हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४, लुम्बिनीमा एक लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूरपश्चिममा एक लाख ४७ हजार १८१ जना प्रभावित हुने बताएको छ ।

मूलुकमा यो बर्ष आउंन सक्ने यस्तो अबस्थाबाट सतर्क रहन सम्बन्धित पक्षले सरकारबाट बचावटको अपेक्षा गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update