अर्थमन्त्री भन्छन् : बजेट गाह्राे समयमा आएकाे हाे
अर्थमन्त्री प्रकाशशरण महतले बजेट गाह्राे समयमा आएकाे बताएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठककाे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वैदेशिक र आन्तरिक ऋण, राजस्व संकलनको अवस्था, कोरोना महामारी र रूस-युक्रेन युद्धको असरले पुर्याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको अर्थमन्त्रीले बताए।
उनले बढ्दै गएका समस्या एउटा मात्रै धक्काले मात्र समाधान हुन्छ भनि बजेटमा नभनिएको भन्दै सबै समस्या एक–एक गरी समाधान गर्ने गरी बजेट निर्माण गरेको दाबी गरे।
उनले वैदेशिक अनुदानका लागि प्रतिबद्धता आएको दाबी समेत गरे ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १६:१५
प्रतिक्रिया दिनुहोस्