मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन डलर
मंगलबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र क्यानेडियन डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउअघिल्लो दिन(सोमबार)को तुलनामा ५ पैसा घटेर आज(मंगलबार) डलर एकको खरिददर १३१ रुपैयाँ ६० पैसा र बिक्रीदर १३२ रुपैयाँ २० पैसामा काराेबार भइरहेकाे छ ।
आज युरोपियन युरो एक सोमबारको तुलनामा २५ पैसाले बढेर १४१ रुपैयाँ ७७ पैसा खरिद र बिक्रीमा १४२ रुपैयाँ ४१ पैसामा भइरहेकाे छ ।
त्यसैगरी, मंगलबार क्यानेडियन डलरको भाउ अघिल्लो दिनको तुलनामा १४ पैसा बढेर आज क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसामा काराेबार भइरहेकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १०:५३
प्रतिक्रिया दिनुहोस्