NRN
भाइले गरे दाइको हत्या

 काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् । साेमबार राति घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको प्रहरीले बताए ।

दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा मंगलबार बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरीका डिएसपीले जानकारी दिए।शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको र उनीमाथि थप अनुसन्धान भइरहेको  प्रहरीले बताएकाे  छ। 

 साेमबार राति घरमै दाजु–भाइबीच झडप भएको थियो। झडपको क्रममा राति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए। घरका अन्य सदस्यहरु सुतिसकेकाले घटना भएको थाहा नपाएपछि आज बिहान ८:२० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update