मंगलबार बालुवाटारमा के भयो ?
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरू बीच छलफल भएको छ।
बजेटमा सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सत्तामा रहेका दलहरूलाई बोलाएर छलफल गरेको जानकारी दिइएको छ ।
छलफलमा बजेटमा सबैको एकै आबाज र साथ हुनु पर्ने कुरामा जोड दिइएको बताईएको छ । सत्ताधारी दल नेकपा एकीकृत समाजवादीले बजेटप्रति असहमत जनाइरहेको अबस्थामा प्रधानमन्त्री आफैंले यस्तो खालको छलफल चलाएको बुझिएको छ ।
छलफलमा बजेट पास नहुंदा मूलुकमा असर पर्ने तर्फ सबै दलले चिन्ता ब्यक्त गर्नु पर्ने अबस्था आएको कुरा उठेको थियो । यस्तो अबस्थामा इगो भन्दा पनि सहमती र छलफलबाट सबै एकै स्थानमा आउंनु पर्ने कुरा तर्फ जोड दिइएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १४:५७
प्रतिक्रिया दिनुहोस्