NRN
राष्ट्रपति  अस्पतालबाट डिस्चार्ज

 राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनु भएकाे छ । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति  मार्फत राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घन्टाको अवलोकनमा रहनु भएर  डिस्चार्ज हुनु भएको बताएका छन् । 

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेललाई बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएकाे थियाे । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारीले हाल राष्ट्रपति रामचन्द्र पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update