NRN
यस वर्षको मनसुन नेपाल प्रवेश

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो।

महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको  अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा  मनसुन फैलिएको जानकारी दिएको छ।

महाशाखाले नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने र यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको जनाएको छ । 

मनसुन पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने र नेपालमा सरदर जुन १३ मा मनसुन भित्रीएकाे महाशाखाले जनाएको छ।।

पश्चिमी भूभागमा मौसमविद् विनु महर्जनका अनुसार मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने बताएकि छिन्।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update