NRN
मैत्रीपूर्ण खेलमा बिहिबार नेपाल र फिलिपिन्स खेल्दै

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

फिलिपिन्ससँग नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दैछ । फिलिपिन्सको राजधानी मनिलामा नेपाली समय अनुसार साँझ पौने पाँच बजे मैत्रीपूर्ण फुटबल  खेल्दैछ ।

यस खेलले नेपाली टोलीलाई कमजोरी सुधारको मौका दिएकाे छ ।

साफ गेम असार ६ गतेबाट भारतमा सुरु हुँदैछ ।फिलिपिन्ससँग नेपाली टोलीले अभ्यास खेल खेलेपछि साफ खेल खेल्न भारतको बेंग्लोर जाने छ ।

साफ खेलको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र कुवेत रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा माल्दिभ्स, भुटान, लेबनान र बंगलादेश रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update