नेपाल सरकारले मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्ति गरे सँगै नव नियुक्त मुख्य सचिवले कार्यभारसमेत सम्हालेका छन्।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डा. वैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।त्याे भन्दाअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको छ ।
त्यस्तै,आगामी असोज मसान्तसम्म कार्यकाल सकिंदै गरेकाे मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बताएकाे छ ।
२०६८ सालमा नेपाल प्रहरीका तत्कालीन आईजीपी रमेशचन्द ठकुरीविरुद्ध सुडान घोटालाको मुद्दा लाग्ने भएपछि अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई सुरक्षा सल्लाहकार बनाइएको छ ।