NRN
'बल्छी ध्रुबे' सहित ८ जना पक्राउ वानएक्स बेटमा

सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’  प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका छन् ।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ ‘हल्का रमाइलो’ र ‘जुठे’ काे लेखन तथा निर्देशन समेत रहेका छन् ।  

अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update