NRN
स्पेन नेशन्स लिगको फाइनलमा

युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गर्न स्पेनका  खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी हुदाँ निर्णायक गोल गरेपछि इटलीलाई २-१ ले पराजित गरेको छ ।

अब उपाधिका लागि स्पेनले क्रोएसियासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा क्रोएसियाले नेदरल्याण्ड्सलाई पराजित फाइनलमा प्रवेशमा प्रवेश गरेकाे थियाे । स्पेन र क्रोएसियाबीचको फाइनल खेल आउने सोमबार हुनेछ ।

जोसेलु ८४औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गर्दै जोसेलुले ८८औं मिनटमा गोल गर्दै स्पेनलाई २-१ को जिताएका हुन् । 

२०२१ मा पनि नेशन्स लिगको फाइनल पुगेको स्पेन फ्रान्ससँग पराजित भएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update