शुक्रबार बढ्यो सुन–चाँदीको मूल्य
बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ प्रतितोला नेपाली बजारमा शुक्रबार आठ सय रुपैयाँ नै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा काराेबार भइरहेकाे थियाे भने शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ कारोबार भइरहेको छ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा काराेबार भइरहेकाे थियाे भने शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ११:१५
प्रतिक्रिया दिनुहोस्