NRN
निशान्त अब अष्ट्रेलियाको  सर्वोच्च अदालतमा अधिवक्ता

- राजन घिमिरे

गरे के हुन्न ? चाहिन्छ त लगन , मिहेनत र निरन्तरता । यही कुराले अन्तत: निशान्त शर्मालाई यतिबेला शान , मान र वाहवाही मिलेको छ । लामो समयदेखी अष्ट्रेलियामा रहेर शैक्षिक परामर्शदाताको रूपमा सक्रिय भएर लागि पर्दै आएका शर्माको अब अर्को परिचय पनि थपिएको छ ।

निशान्त शर्मा अब अष्ट्रेलियाको न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका छन् । उनि प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका सिईओ समेत हुन । सर्बप्रिय र सर्वमान्य कलाकार लव शर्माका छोरा निशान्तको अष्ट्रेलियामा आफ्नै बिशिष्ट पहिचान र उपस्थिति रहंदै आएको छ ।

न्यू साउथ वेल्सको सर्वोच्च अदालतमा अधिवक्ता बनेका शर्माले हात पारेको यो सफलता र उपलब्धिलाई उनले अष्ट्रेलियाको नेपाली समाज, आफ्नो परिबार र मिहेनतको प्रतिफलको रूपमा लिएका छन -‘ हुने बिरूवाको चिल्लो पात भने झै निशान्त हरेक काम र बिधामा निकै मिहेनत गर्ने ब्यक्तिको रूपमा चिन्छु म ।

मिहेनत र लगाबले नै उनलाई यो स्थानमा पुर्याएको हो -‘। अष्ट्रेलियाका प्रसिद्ध अधिवक्ता डा. शमशेर सिंह थापाले भन्नु भयो-‘ निशान्तको यो सफलता नेपाली समाजकै गौरब हो -‘ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update