मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहनमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गरेकाे हाे ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएर डिस्चार्ज भएको केही दिनमै पुन: मुटुको समस्या देखिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि गत शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको उल्लेख गरिएको छ ।