NRN
मूल्य नपाएपछि किसानले फाले सडकमा गोलभेँडा

सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि भ्याट (कर) लगाइरहँदा उचित मूल्य नपाएको भन्दै किसानहरूले कालीमाटीको सडक किनारमा गोलभेँडा फालेका छन्।

आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएआइतबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरे विरोध जनाएका हुन्। 

यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रुपैयाँ छ अर्थात् किसानले खेतमा  प्रतिकिलो १ देखि २ रुपैयाँसम्म मात्रै  मूल्य पाउने भएकाले यसैको किसानहरूले कालीमाटी सडकमा गोलभेँडा फालेर विरोध गरेका हुन्। 

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update